काठमाडौँ – खराब लयमा गुज्रिरहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा एभर्टनसँग बराबरी खेलेको छ।
प्रमियर लिगअन्तर्गत बिहीबार साँझ घरेलु मैदानमै सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
पछिल्ला पाँच खेलमा एउटामा पनि जित निकाल्न नसकेको सिटीका लागि आज भने बर्नाण्डो सिल्भाले १४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर एभर्टनका लागि ३६ औं मिनेटमा इलिमान इन्जायले गोल गर्दै खेल बराबरीमा लगेका थिए।
त्यसपछि दोस्रो हाफमा दुवैतर्फबाट थप गोल हुन सके। एभर्टनको पोस्टमा २४ वटा प्रहार गरे पनि सिटीले गोल गर्न सकेन। जारी लिगमा १८ वटा खेल खेलिसकेको सिटीले आजको बराबरीका कारण एक स्थान माथि उक्लिने अवसर पनि गुमाएको छ।
सिटी छैटौँ स्थानमा रहँदा लगातार तीन खेलमा बराबरी गरेको एभर्टन भने १५ औं स्थानमा छ।
