सर्लाही- माघे संक्रान्ति नजिकिएसँगै तरुलको कारोबार बढेको छ।
सर्लाही जिल्लाको बागमती नगरपालिका–५ का किसान तरुल खनेर बजार पुर्याउने काममा जुट्न थालेका छन्।
सर्लाहीको तरुल नेपालका अधिकांश मुख्य सहरमा पुग्ने गरेको छ।
माघेसङ्क्रान्तिका लागि व्यापारीले यहाँको तरुल काठमाडौँ, हेटौँडा, नारायणगढ, चितवन, बुटवल, विराटनगरलगायत सहरमा पुर्याउने गरेका छन्।

सर्लाहीको बागमती नगरपालिका–५, स्थित बागमती किनारको बगरमा किसानले गरेको तरुल खेती । मङ्सिरदेखि माघसम्म कन्दमूल खल्ने उपयुक्त समय मानिन्छ । उसिनेर, पोलेर र तरकारीको रुपमा खाइने तरुल विशेष गरेर पुस मसान्तको दिन उसिनेर माघेसङ्क्रान्तिका दिन खाने परम्परा रहेको छ । तस्बिरः सिंगबहादुर थापा/रासस

सर्लाहीको बागमती नगरपालिका–५ स्थित बगरमा माघेसङ्क्रान्तिलाई लक्षित गरी बजार लैजान तरुल खन्दै किसान । तस्बिरः सिंगबहादुर थापा/रासस

सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा किसानले खनेको तरुलको तौल लिँदै स्थानीय व्यापारी । तरुल खेतबाटै प्रतिकिलो रु ३५ देखि रु ५५ सम्ममा बिक्री हुने किसान बताउँछन् । तस्बिरः सिंगबहादुर थापा/रासस

सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा खनेको तरुल बिक्रीका लागि बजार पठाउन गाडी भएको ठाउँसम्म ल्याइँदै। तस्बिरः सिंगबहादुर थापा/रासस

सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा खनेको तरुल बिक्रीका लागि बजार पठाउन गाडी भएको ठाउँसम्म ल्याइँदै। तस्बिरः सिंगबहादुर थापा/रासस

तरुल बजार लैजाने तयारी
बरहथवा(सर्लाही), १२ पुसः
सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा खनेको तरुल बिक्रीका लागि बजार पठाउन गाडी भएको ठाउँसम्म ल्याइँदै। तस्बिरः सिंगबहादुर थापा/रासस

सर्लाहीको बागमती नगरपालिका–५, बगरस्थित खेतमा किसानले खनेको तरुल बजार लैजान गाडीमा लोड गर्दै व्यापारी । सङ्कलन गरेर तरुल व्यापारीले माघेसङ्क्रान्तिका लागि काठमाडौँ, हेटौँडा, नारायणगढ, चितवन, बुटवल, विराटनगर लगायत शहर बजारमा पु¥याउने गर्छन । तस्बिरः सिंगबहादुर थापा/रासस


