२०८३ साउन १३ गते बुधबार

स्थानीयको चिन्ता : आउँदो बर्खामा बराहक्षेत्र मन्दिर बाढीले लाने पो हो कि !

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १२
barahakshetra

धरान – जिल्लास्थित बराहक्षेत्र नगरपालिका–१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र बस्ती बाढीको उच्च जोखिममा परेको छ।

हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा रहेको सप्तकोशी नदी किनारस्थित बराहक्षेत्र मन्दिर बाढीको उच्च जोखिममा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन्।

गत असोजमा आएको बाढीले जिल्लाको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र आसपासका बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीय रविनकुमार श्रेष्ठले चिन्ता व्यक्त गरे। उनले भने, ‘आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि नरहने हो थाहा छैन।’

गत असोजमा आएको बाढीले मन्दिर परिसरका बराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पुर्‍याएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए।

‘क्षति पुगेका केही शौचालय र मन्दिरलाई मर्मतसम्भार गरिए पनि दिगो तटबन्ध हुन नसक्दा बस्ती उच्च जोखिममा छ। धार्मिक तीर्थाटनलाई अभिवृद्धि गर्न बलियो तटबन्ध निर्माण गरेर धार्मिक पर्यटनसँग जोड्नेमा स्थानीय सरकारले पहल गरिरहेको छ’, उनले भने।

बाढी आएर कटान गरेकाले बराहक्षेत्र मन्दिर परिसरका ५५ भन्दा बढी परिवार उच्च जोखिममा परेका नगरप्रमुख कार्कीले जानकारी दिए। कोशीमा आउने पानीको बहावले भेट्ने ठाउँ बढी भएकाले कम बजेटले तटबन्ध लगाउन नसकिने भन्दै उनले प्रदेश र संघीय सरकारसँग सहयोगका लागि अनुरोध गरिएको बताए।

तीन पुस्तादेखि बसोबास गर्दै आइएको बराहक्षेत्र मन्दिर परिसरको बस्ती स्थानान्तरण गरी विकास गर्ने विषयमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने आवश्यकता रहेको बराहक्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षकुमार श्रेष्ठले बताए। उनले भने, ‘अहिले विकास भन्दा पनि कसरी संरक्षण गर्ने भन्ने महत्वपूर्ण विषय हो। सबै राजनीतिक दल, स्थानीय प्रतिनिधि, सरोकार भएका निकायले सहकार्य र समन्वय गरी यो पुण्यभूमि बचाउनतिर लाग्नुपर्छ।’

नदी किनारमा रहेको मन्दिर परिसरमा तटबन्ध निर्माण गरी सुरक्षा गर्न मन्दिर गुठी व्यवस्थापन समितिले ६ लाख खर्च गरेर गुरुयोजना बनाएको छ। गुरुयोजनामा तटबन्ध निर्माणदेखि पार्क, गौशाला र स्नान घाटलगायत योजना समावेश गरिएको समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २०८१ पुस १२ गते शुक्रबार १०:१४
प्रतिक्रिया

थप समाचार

कागजी निर्यातले धानेको अर्थतन्त्र: बाहिरको भटमास, नेपालमा प्रशोधन, १ खर्ब २८ अर्बको पुनःनिर्यात

तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गरी नेपालमा प्रशोधनपछि पुनःनिर्यात हुने यही तेलले नेपालको कुल निर्यातमा करिब ४० प्रतिशत हिस्सा ओगटेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना