चितवन- हात्ती महोत्सवमा यसपाली खाना महोत्सव अर्थात् हात्तीको वनभोज कार्यक्रमसमेत गरिएको छ।
चितवनको रत्ननगरस्थित सिसवार चौरमा पुस १५ गतेसम्म चल्ने महोत्सवमा आज हात्ती वनभोज कार्यक्रम संचालन गरिएको छ। लगभग १८ देखि २० थरिका खानेकुरामा हात्ती रमाएका थिए।
हात्तीहरुको वनभोज कार्यक्रममा विभिन्न किसिमको मिष्ठान्न परिकार तयार पारियको थियो। ३५ हात्तीले वनभाेजमा गएका थिए। भेलीमा पकाएकाे चामल, ड्र्यागन फ्रुट , स्याउ , उखु , सुन्तला, केरा, घाँस, खर्बुजा, भूइकटहर, मकैलगायतका खानेकुरा हात्तीलाई दिइएको थियो।
महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन्।
उक्त महोत्सव भरि हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, कलाकारको साँस्कृतिक प्रस्तुति रहेको हात्ती सहकारी सस्था का अध्यक्ष यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड दिपेन्द्र खतिवडाले जानकारी दिए।















तस्बिर : नेपाल फोटो लाइब्रेरी


