२०८३ कार्तिक १८ गते मङ्गलबार

आज राजा वीरेन्द्रको जन्मदिन : उनले पुर्‍याएको योगदानको स्मरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १४
raja-birendra

काठमाडौँ – राजा वीरेन्द्र शाहले मुलुकको विकास र समृद्धिमा पुर्‍याएको योगदानको चर्चा गरिएको छ।

राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले उनको ८०औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रियाका सहभागी वक्ताले वीरेन्द्रले देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिका लागि कार्य गरेको भन्दै उनको योगदानको स्मरण गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले मुलुकमा जनताको चहनाअनुुसार २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली गरी बहुदलीय व्यवस्थाको घोषणा गरेका वीरेन्द्रले आर्थिक, राजनीतिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण कार्य गरेको स्मरण गरे।

नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले असल कूटनीतिका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन महत्वूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएकाले जनताको मानसपटलमा अविस्मरणिय रहेको विचार व्यक्त गरे।

समाजसेवी पशुपतिभक्त महर्जनले सरल स्वभावका वीरेन्द्रलाई जनप्रेमी तथा देशभक्त राजाका रुपमा चित्रण गरे। २००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा निधन भएको थियो।

प्रतिष्ठानलगायत विभिन्न संघसंस्थाले आज ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको शालिकमा माल्यार्पण गरेका थिए।

प्रकाशित: २०८१ पुस १४ गते आईतबार ०८:५५
प्रतिक्रिया

थप समाचार

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सामान्य अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई बैंकको कारोबार उच्च

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढे पनि यस दिन सेयर कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार...

एनपीएलमा बन्यो दशौँ अर्धशतक

काठमाडौँ: राजधानीमा जारी तेस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ। रसेलले...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना