खोटाङ – खोटाङमा बालविवाह गर्ने बेहुलासहित दुई जना पक्राउ परेका छन्।
१३ वर्षीय बालिकासँग विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न आफन्त कमला राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
गत पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताए।
पक्राउ परेका दुवै जनाविरुद्ध बालविवाहअन्तर्गत मुद्दा चलाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए।
