काठमाडौँ – पछिल्ला पाँच खेलमा जितविहीन बनेको म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि २-० को सहज जित निकालेको छ।
प्रिमियर लिगअन्तर्गत शनिबार साँझ लेस्टरको घरेलु मैदानमा सिटी विजयी भएको हो। उसका लागि साभिन्होले २१ मिनेटमा पहिलो गोल गरेका थिए। त्यस्तै इर्लिङ हालान्डले ७४ औं मिनेटमा हेडरमार्फत उत्कृष्ट गोल गरे।
१९ औं खेलमा जित निकालेको सिटी लिग तालिकाको पाँचौँ स्थानमा छ। पराजित लेस्टर भने १८ औं स्थानबाट उक्लिन सकेन। सिटी भन्दा एक खेल कम खेलेको चेल्सीको भने ३५ अंक छ। १७ खेलबाट ४२ अंकसहित लिभरपुल भने लिगको शीर्ष स्थानमा यथावत् छ।
