२०८३ साउन १३ गते बुधबार

सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा ११ वर्षे दीर्घकालीन समानता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १५
rain (2)

म्याग्दी- अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।

अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, बासुदेव बराल र डा विनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल: अ केस स्टडी’ शीर्षकमा गरेको अध्ययनको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘एड्भान्सेस इन स्पेस रिसर्च’मा प्रकाशित भएको हो।

जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्मको पोखरा र काठमाडौँको मासिक वर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिविधिको सम्बन्धलाई आधार मानेर अध्ययन गरिएको अनुसन्धानकर्ता गौतमले बताए।

‘यो अध्ययनले नेपालका दुई सहर पोखरा र काठमाडौको मासिक वर्षा र सौर्य गतिबिधिबीचको सम्बन्धलाई वैज्ञानिक दृष्टिले प्रमाणित गरेको छ,’ उनले भने ‘सौर्य गतिविधि र वर्षाको प्रवृतिमा ११ वर्षे दीर्घकालीन समानता पाइएको छ।’

११ वर्षको सौर्य चक्रको असर वर्षामा पर्ने र सो तथ्यलाई आधार मानेर वर्षाजन्य विपद्को जोखिममा रहेका ठाउँमा पूर्व सतर्कता अपनाउन सहयोग पुग्ने अनुसन्धानकर्ता गौतमले बताए।

उनका अनुसार विश्वका विभिन्न देशहरुमा सौर्य गतिविधि र वर्षाका बीचको सम्बन्धबारे अनुसन्धान भएपनि भौगोलिक विविधतायुक्त नेपालमा यो विषयमा भएको वैज्ञानिक प्रमाण सीमिति थिए।

यसैले यो अध्ययन प्रतिवेदन नेपालका लागि सान्दर्भिक र महत्वपूर्ण मानिएको छ। सूर्यको विकरणमा हुने परिवर्तन, ‘सनस्पट’ चक्र र सौर्य वायुको उतारचतावले पृथ्वीको जलवायु प्रणालीमा महत्वपूर्ण प्रभाव पर्न सक्ने विश्वका अन्य देशहरुमा भएका पुराना अध्ययनले प्रमाणित गरेको छ।

वायुमण्डलीय परिसञ्चालन, बादल निर्माण र वर्षाका ढाँचाहरुलाई प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ।

‘क्रस वेभलेट ट्रान्सफर्म’ अध्ययन प्रविधिको प्रयोग गरेर तथ्याङ्कको अध्ययन र विष्लेषण गरिएको हो। नेपालमा सौर्य गतिविधिले जलवायु प्रणालीमा पार्ने प्रभावको महत्व उजागर गरेको यस अध्ययन प्रतिवेदनले सौर्य गतिविधि र जलवायु परिवर्तनबीचको अन्तरसम्बन्ध पहिचान गर्न आधार सिर्जना गरेको छ।

सौर्य गतिविधिलाई नेपालमा जलवायु परिवर्तन अध्ययनको एक महत्वपूर्ण कारकका रुपमा स्थापित गरेको छ। यसले नेपालको वैज्ञानिक समाज र जलवायु व्यवस्थापन सम्बन्धी रणनीतिहरुमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ।

त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पुरा गरेर पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्ट्सभिलमा स्पेस साइन्स’मा पुनः स्नातकोत्तर सकेर विद्यावारिधि अध्ययन गरिरहेका गौतमको घर म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ हो।

उनले अमेरिकाको उक्त विश्वविद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रूपमा आफ्ना अनुसन्धान गर्दै आएका छन्।

प्रकाशित: २०८१ पुस १५ गते सोमबार १२:१०
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना