काठमाडौँ – २०२५ जनवरी १ देखि केही पुराना एन्ड्रोइड मोबाइलमा ह्वाट्सएप नचल्ने भएको छ।
व्हाट्सएपले एक सूचना जारी गर्दै भनेको छ- एन्ड्रोइड ४.४ किटक्याट र पुराना आईओएस संस्करणहरूमा अब ह्वाट्सएप सपोर्ट हुनेछैन। यस्तो अवस्थामा पुरानो अपरेटिङ सिस्टम भएका फोन प्रयोगकर्ताले एप चलाउन नयाँ फोन किन्नुपर्ने भएको छ।
पुरानो फोनहरूमा सुरक्षा सुविधाहरू कमजोर भएका कारण तिनीहरूले व्हाट्सएपको नवीनतम् अपडेटहरू समर्थन गर्न नसक्ने ह्वाट्सएपले भनेको छ।
नयाँ वर्षमा व्हाट्सएपले पुरानो अपरेटिङ सिस्टम भएका फोनहरूमा नयाँ र सुरक्षित प्रविधिहरू प्रयोग गर्न सकोस् भनेर समर्थन बन्द गर्ने निर्णय गरेको जनाएको छ।
यसको फाइदा भनेको नयाँ अपरेटिङ सिस्टममा राम्रो सुरक्षा र व्हाट्सएपको नवीनतम सुविधाहरू हुन्, जसले डाटा चोरी र अन्य समस्याहरूलाई रोक्न सक्छ।
प्रयोगकर्ताहरूलाई पुराना फोनहरू अपग्रेड गर्न र राम्रो सुरक्षा र अनुभव प्राप्त गर्न अपरेटिङ सिस्टम अपडेट राख्न सल्लाह दिइएको छ।
आइफोनहरू पनि प्रभावित हुने
व्हाट्सएपले एन्ड्रोइड फोनमा मात्र नभई पुरानो आईओएस संस्करण भएका आइफोनहरूमा पनि आफ्नो एप नचल्ने जनाएको छ। जसअनुसार ५ मे २०२५ देखि १५.१ वा सोभन्दा माथिका आइफोनहरूमा ह्वाटसएप चल्ने छैन।


