काठमाडौँ- अक्सिजनविनै ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गर्ने नेपाली आरोही मिङ्माजी शेर्पालाई भव्य स्वागत गरिएको छ।
शुक्रबार काठमाडौं ओर्लिएका उनलाई शेर्पा समुदायले भव्य स्वागत गरेको हो।
उनले अक्सिजनबिनै विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका हुन्।
उनले सात वटै महादेशका हिमालहरु आरोहण गरेर उनी आज स्वदेश फर्किएका हुन्।












