२०८३ कार्तिक १३ गते बिहिबार

लिस्ट ए क्रिकेटमा आउट नभई सबैभन्दा धेरै रन बनाउने विश्व कीर्तिमानी खेलाडी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १९
karun-nair

एजेन्सी – विजय हजारे ट्रफीमा विदर्भका कप्तान करुण नायर लिस्ट ए क्रिकेटमा आउट नभई सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन्।

उनी लिस्ट ए मा आउट नभई ५३० वा सोभन्दा बढी रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका हुन्।

नायरले शुक्रबार भिजियानगरमको भिज्जी स्टेडियममा उत्तर प्रदेशविरुद्ध लगातार तेस्रो शतक बनाए। पछिल्लो ५ खेलमा उनको यो चौथो शतक हो। उनी पछिल्ला चार इनिङ्समा नटआउट भएका थिए।

पहिलो खेलमा जम्मु कश्मीरविरुद्ध शतक प्रहार

३३ वर्षीय करुण नायरले २३ डिसेम्बर २०२४ मा जम्मू कश्मीरविरुद्धको खेलबाट यो कीर्तिमान बनाउन सुरु गरेका थिए। भिजियानगरमको भिज्जी स्टेडियममा भएको उक्त खेलमा उनले २२२ रनको लक्ष्य पछ्याउँदै जम्मू कश्मीरविरुद्ध ११२ रनको अपराजित इनिङ खेलेका थिए।

२६ डिसेम्बरमा छत्तीसगढविरुद्ध अविजित ४४ रन बनाए। यसपछि, उनले डिसेम्बर २८ मा चण्डीगढविरुद्ध १६३ रनको अपराजित इनिङ खेले र ३१ डिसेम्बरमा तमिलनाडु विरुद्ध १११ रनको अपराजित इनिङ खेले।

तर, करुण नायरले उत्तर प्रदेशविरुद्ध आफ्नो अपराजित यात्रा भने जारी राख्न सकेनन्। उनी १०१ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाएर आउट भएका थिए।

न्यूजिल्याण्डका जेम्स फ्र्याङ्कलिनको कीर्तिमान तोडियो

उत्तर प्रदेशविरुद्ध ७० रन बनाएका उनले सन् २०१० मा न्यूजिल्याण्डका पूर्वअलराउन्डर जेम्स फ्र्याङ्कलिन (५२७) ले बनाएको लिस्ट ए कीर्तिमानलाई पनि पछि पारे। नायरले आफ्नो सातौं लिस्ट ए शतक बनाएका।

३०८ रनको लक्ष्य पछ्याउने क्रममा नायरले सय बलमा शतक पूरा गरे। उनी बाहेक अर्का ओपनर यश राठौरले पनि शतक बनाए। उनी बाहेक कर्नाटकका मयंक अग्रवाल र पञ्जाबका प्रभसिमरन सिंहले यो सिजनमा ३–३ शतक बनाएका छन्।

आईपीएलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ

करुण नायरले २०२३ मा विदर्भमा आबद्ध हुनुअघि ११ वर्ष कर्नाटकबाट खेलेका थिए। विजय हजारे ट्रफीको कप्तान बनेपछि गत नोभेम्बरमा भएको आइपिएल २०२५ मेगा लिलामीमा नायर पनि आइपिएलका लागि छनोट भएका थिए। अब भने उनले २ वर्षपछि आईपीएल खेल्नेछन्।

प्रकाशित: २०८१ पुस १९ गते शुक्रबार ०७:३५
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना