२०८३ साउन १३ गते बुधबार

लिस्ट ए क्रिकेटमा आउट नभई सबैभन्दा धेरै रन बनाउने विश्व कीर्तिमानी खेलाडी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १९
karun-nair

एजेन्सी – विजय हजारे ट्रफीमा विदर्भका कप्तान करुण नायर लिस्ट ए क्रिकेटमा आउट नभई सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन्।

उनी लिस्ट ए मा आउट नभई ५३० वा सोभन्दा बढी रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका हुन्।

नायरले शुक्रबार भिजियानगरमको भिज्जी स्टेडियममा उत्तर प्रदेशविरुद्ध लगातार तेस्रो शतक बनाए। पछिल्लो ५ खेलमा उनको यो चौथो शतक हो। उनी पछिल्ला चार इनिङ्समा नटआउट भएका थिए।

पहिलो खेलमा जम्मु कश्मीरविरुद्ध शतक प्रहार

३३ वर्षीय करुण नायरले २३ डिसेम्बर २०२४ मा जम्मू कश्मीरविरुद्धको खेलबाट यो कीर्तिमान बनाउन सुरु गरेका थिए। भिजियानगरमको भिज्जी स्टेडियममा भएको उक्त खेलमा उनले २२२ रनको लक्ष्य पछ्याउँदै जम्मू कश्मीरविरुद्ध ११२ रनको अपराजित इनिङ खेलेका थिए।

२६ डिसेम्बरमा छत्तीसगढविरुद्ध अविजित ४४ रन बनाए। यसपछि, उनले डिसेम्बर २८ मा चण्डीगढविरुद्ध १६३ रनको अपराजित इनिङ खेले र ३१ डिसेम्बरमा तमिलनाडु विरुद्ध १११ रनको अपराजित इनिङ खेले।

तर, करुण नायरले उत्तर प्रदेशविरुद्ध आफ्नो अपराजित यात्रा भने जारी राख्न सकेनन्। उनी १०१ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाएर आउट भएका थिए।

न्यूजिल्याण्डका जेम्स फ्र्याङ्कलिनको कीर्तिमान तोडियो

उत्तर प्रदेशविरुद्ध ७० रन बनाएका उनले सन् २०१० मा न्यूजिल्याण्डका पूर्वअलराउन्डर जेम्स फ्र्याङ्कलिन (५२७) ले बनाएको लिस्ट ए कीर्तिमानलाई पनि पछि पारे। नायरले आफ्नो सातौं लिस्ट ए शतक बनाएका।

३०८ रनको लक्ष्य पछ्याउने क्रममा नायरले सय बलमा शतक पूरा गरे। उनी बाहेक अर्का ओपनर यश राठौरले पनि शतक बनाए। उनी बाहेक कर्नाटकका मयंक अग्रवाल र पञ्जाबका प्रभसिमरन सिंहले यो सिजनमा ३–३ शतक बनाएका छन्।

आईपीएलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ

करुण नायरले २०२३ मा विदर्भमा आबद्ध हुनुअघि ११ वर्ष कर्नाटकबाट खेलेका थिए। विजय हजारे ट्रफीको कप्तान बनेपछि गत नोभेम्बरमा भएको आइपिएल २०२५ मेगा लिलामीमा नायर पनि आइपिएलका लागि छनोट भएका थिए। अब भने उनले २ वर्षपछि आईपीएल खेल्नेछन्।

प्रकाशित: २०८१ पुस १९ गते शुक्रबार ०७:३५
प्रतिक्रिया

थप समाचार

अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तरर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको...

यसपटकको विश्वकपबाट फिफाले गर्‍यो १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

फिफाले यस गृष्मकालीन विश्वकपबाट १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ। यो आम्दानी सुरुमा लक्ष्य राखिएको ११ अर्ब डलरभन्दा निकै बढी हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार...

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स, एएफपी। स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ। समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना