काठमाडौँ- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अवार्डमा सर्वोत्कृष्ट खेलाडी पुरूषतर्फ विजय सिंजाली र सर्वोत्कृष्ट खेलाडी महिला एरिका गुरुङ भएकी छिन्। उनीहरूलाई जनही १ लाख रूपैयाँसहित सम्मान गरिएको छ।
अश्विन रावत प्रतिभाशाली खेलाडी (पुरूष) र प्रतिभाशाली खेलाडी (महिला) मनमति विष्टलाई प्रदान गरिएको छ। उनीहरूले जनही ५० हजार पाए।
पारा एथ्लेटिक्स तर्फ पलेशा गोवर्धन र गजराज आदर्श व्यक्तित्व अवार्ड रघुराज वन्तलाई प्रदान गरिएको छ।
यसका साथै १९ औं एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिएको छ। मनमैजुमा आयोजना गरिएको एक कार्यक्रमका बीच २९ खेलाडीलाई जनही १० हजार रूपैंया र ट्रफी सहित सम्मान गरिएको हो।
सम्मानित खेलाडी






















