२०८३ साउन १३ गते बुधबार

उपाध्यक्षले गाडी तोडफोड गरेपछि अध्यक्ष भन्छन्- उहाँले पहिला पनि दुःख दिनुभएको थियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २१
bishnupur-siraha

काठमाडौँ – सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ।

आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन्।

बा २ झ ३६४३ नम्बरको गाडी ढुंगाले हानेर तोडफोड गरिदिएको उपाध्यक्ष सिंहले आफैँले स्वीकार गरेकी छिन्।

तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ।

कार्यालयमा लैजानका लागि आज बिहानै उपाध्यक्ष सिंहलाई गाउँपालिकाको गाडी जाँदा ढिला भएको भन्दै सिंहले सार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताएका छन्।

‘बिहान ९ बजे फोन गरेर लिन आउन भन्नुभएको थियो, ड्राइभर खाना खान गएको थियो, केहीबेर ढिला हुँदा उहाँले अफिस आएर गाडी तोफोड गर्नुभयो,’ अध्यक्ष यादवले नेपालक्लिक्ससँग भने, ‘गाडी उहाँको घरमा स्टार्ट अवस्थामै थियो,तर उहाँ गाडीमा आउनुभएन, पछि मोटरसाइकलमा अफिस आएर तोडफोड गर्नुभयो।’

आफूले उपाध्यक्षलाई ड्राभइर आउँदै छ भनेर लिन पठाए पनि एकछिन ढिला भएकै कारण यस्तो घटना भएको अध्यक्ष यादवले बताए। यादवले भने, ‘हामी अफिसमा थियो। गाडी किन गएन भनेर एक्कासि ढुंगा हान्नुभयो।’ उनका अनुसार उपाध्यक्ष सिंहले ढुंगा हान्दा चालक गाडीमै थिए।

अध्यक्ष यादवका अनुसार उपाध्यक्ष सिंह सधैं सोही गाडीमा कार्यालय आउने जाने गर्थिन्।

गत वर्ष पनि उपाध्यक्ष सिंहले गाउँपालिकाले दिएको भत्ताको रकम कम भएको भन्दै चेक च्यातेर दुःख दिएको यादवले बताए। ‘भत्ताको चेक पनि उहाँले च्यात्नुभएको थियो। एकचोटि प्रमुख प्रशासकीय अधिकृतको कोठाको ढोका पनि उपाध्यक्ष सिंहले फुटाएकी यादवले आरोप लगाए।

साथै १५ दिनअघि किसानले पाउनुपर्ने ५-६ सय बोरा मल पनि उपाध्यक्ष सिंहले नियन्त्रणमा लिएर थन्क्याएर राखेको अध्यक्ष यादवले बताए। ‘त्यतिखेर मल रोकेर राखेर अहिलेसम्म थन्क्याएर राख्नुभएको छ। १५ दिन भयो। ५-६ सयजति बोरा रोकेर राख्नुभएको छ उहाँले।’

उपाध्यक्षको क्रियाकलाप अराजक भएको र प्रशासनले केही कारबाही नगरेको भन्दै आफू छक्क परेको उनको भनाइ थियो।

गाउँपालिका अध्यक्ष यादव एमालेबाट निर्वाचित हुन् भने उपाध्यक्ष जसपाबाट।

यसबारेमा बुझ्न खोज्दा गाउँपालिका उपाध्यक्षसँग सम्पर्क हुन सकेन।

प्रकाशित: २०८१ पुस २१ गते आईतबार ०६:४३
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना