काठमाडौँ – म्यानचेस्टर युनाइटेडले गएराति लिभरपुलसँग २-२ को बराबरी खेलेको छ।
उत्कृष्ट खेल प्रदर्शन गरेका अमाड डेल्लोले ८० औं मिनेटमा गोल गरेपछि युनाइटेडले एक अंक पाउन सफल भयो। खेलमा अग्रता पनि युनाइटेडले नै लिएको थियो। लिसान्द्रो मार्टिनेजले ५२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए।
७ मिनेटपछि लिभरपुलका कोडी गाक्पोले बराबरी गोल गरेका थिए।
खेलको ७० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए। सोही गोलबाट सलाहले लिगमा १ सय ७५ गोल गर्ने थिएरी हेनरीसँग बराबरी गरेका छन्।
८० औं मिनेटमा डेल्लोले टोलीका लागि अर्को ठूलो गोल गर्दै हारबाट जोगाए। १९ खेलमा लिभरपुलको ४६ अंक छ। २० खेलमा २३ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।
