२०८३ कार्तिक १३ गते बिहिबार

२५ सयभन्दा बढी दर्शकको उपस्थितिमा लण्डनमा गुञ्जियो ‘कन्दरा’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २२
kandara-london

बेलायत : पोखरेली ब्याण्ड कन्दराले लण्डनमा पहिलो कन्सर्ट गरेको छ।

शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो। कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो। कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ।

नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकको बेजोड लाइभ सङ्गीतमा करिब दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे।

गायक श्रेष्ठले ‘तगारोमा रुमाल राखी’, ‘जिन्दगीको यो उत्सव हो वरदान ईश्वरको’, ‘विदेशिएर गइन् उनी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको’, ‘कहाँ हिँडेकी’, ‘तिमी पारि त्यो गाउँमा’ र ‘बल्लतल्ल भेट भाको’लगायतका गीत सुनाए।

ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार ८०० दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ। गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गरेका थिए।

‘विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ’ कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भने।

कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन्। ड्रम्समा रहेका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य छन्।

कन्दराले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ।

यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युिजल्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई-अगष्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा सांगितिक प्रस्तुति दिने जनाएको छ।

प्रकाशित: २०८१ पुस २२ गते सोमबार ०८:०७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

बंगालको खाडीमा चक्रवातको प्रभावः नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। मौसमविद् विनोद पोखरेलले सामाजिक...

टीकाको उत्तम साइत १०:२६ बजे, कता फर्किने?

काठमाडौँ: हिन्दूहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष...

महँगीविरुद्ध फ्रान्समा प्रदर्शनी चर्कियो, १२ सय जना पक्राउ

देशभर लाखौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र प्रहरीसँग झडपका घटना भएका छन्।

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना