शिक्षामन्त्री विद्या भट्टराईले शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
चापागाईँको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई र शिक्षा समिति सभापति अम्मरबहादुर थापा माइतीघर मण्डलामा पुगेका हुन्।
शिक्षा समिति सभापतिले पुस अन्तिम ( २४ वा २५ गते ) समितिमा नेत्र चापागाईँलाईँ बोलाएर उनका मागबारे छलफल गरेर समाधान निकाल्ने बताए।








