२०८३ कार्तिक १८ गते मङ्गलबार

बलात्कारपछि दिदीको हत्या र भाइ बेपत्ता, शपथ खाँदाखाँदै हत्कडीमा परेका वडाध्यक्ष पुगे जेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २२
ghirendra

राजविराज- सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ वडाध्यक्ष धीरेन्द्रकुमार साह पुर्पक्षका लागि कारागार चलान भएका छन्। आफ्नै वडाकी युवतीलाई बलात्कार गरेपछि हत्या गरेको र उनका भाइलाई बेपत्ता बनाएको कसुरमा जिल्ला अदालत सप्तरीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

२०८१ मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित साह शपथग्रहण समारोहबाटै मंसिर २० गते पक्राउ परेका थिए।

३ वर्ष पुरानो मुद्दा गत बुधबार जिल्ला अदालत सप्तरीमा दायर भएको थियो। त्यसपछिको निरन्तर सुनुवाइपछि अदालतले सोमबार यस्तो आदेश सुनाएको हो।

वडाध्यक्ष धीरेन्द्रकुमार साहसहित राजनारायण साह, इन्द्रनारायण साह, सुशील साह, शिवकुमार साह, पंकज साह र ओमप्रकाश साहविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानको कसुरमा अभियोग पत्र दायर गरिएको छ।

उनीहरूले सोही वडाकी २० वर्षकी सन्तोषीकुमारी साहलाई पटकपटक बलात्कार गरी हत्या गरेको भन्दै उनकी आमा चन्दरदेवी साहले जाहेरी दिएकी थिइन्। चन्दरदेवीकै घरभित्र पटक–पटक जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको आरोप छ।

२०७८ चैत २२ गते सन्तोषीलाई जबरजस्ती करणीपछि हत्या गरेको अभियोग उनीहरूमाथि छ। मृतकको घाँटीमा डाम देखिएको थियो। पोस्टमार्टमबाट पनि मृत्यु स्वाभाविक नभएको रिपोर्ट आएको छ।

इन्द्रनारायण बिहान सन्तोषीको घरबाहिर पुगेर फोनमा ‘छिटो आऊ घरमा कोही पनि छैनन्’ भनेका थिए। लगत्तै मोटरसाइकलमा आएका व्यक्तिहरूले बेहोस अवस्थामा सन्तोषीलाई लिएर गएको स्थानीयले देखेका थिए।

घटनाको समयमा हाल वडाध्यक्ष बनेका धीरेन्द्र पनि सन्तोषीको घरमा  पुगेका थिए। त्यतिबेला मृतकका भाइ नितिशकुमार साह पनि घरमै थिए। उनीहरूले नितिशलाई आमालाई बोलाएर आऊ भनी पठाएर बलात्कार गरेको आरोप छ। भाइलाइ पठाएर बेहोस अवस्थाकी दिदीलाई मोटरसाइकलमा राखी उनीहरू भागेका थिए।

धीरेन्द्रले सन्तोषीको विवाह आफूसँग गराइदिन धम्की दिँदै आएका थिए। तर उनकी आमाले छोरीको विवाह नेपालमा नगर्ने बताएकी थिइन्।

यो घटनामा २०८१ जेठमा शिवकुमार र इन्द्रनारायणलाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर जेठ २१ गते उनीहरूलाई जिम्मा जमानीमा रिहा गरियो। अहिले रिहा भएका दुवै जना र जिम्मा जमानीमा बस्ने व्यक्ति पनि फेला नपरेको प्रहरीको दाबी छ।

दिदी सन्तोषीको बलात्कारपछि भाइ नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप पनि वडाध्यक्ष धीरेन्द्रकुमारसहितका प्रतिवादीहरूलाई लगाइएको छ। दिदीको हत्या भएको एक वर्षपछि भाइ नितिश पनि बेपत्ता भएका थिए।

२०७९ फागुन १७ गते दिउँसो २ बजे माधोपुर टोलस्थित आँपबगैँचाबाट १३ वर्षका नितिशकुमार साहलाई अपहरणमा पारेको आरोप छ।

छोरी सन्तोषीकुमारी साहलाई बलात्कारपछि हत्या गरेको र उक्त घटना देखेकाले नितिशलाई पनि अपहरण गरी बेपत्ता बनाएको आमा चन्दरदेवी साहको दाबी छ।

धीरेन्द्रले भने बलात्कार, हत्या र अपहरणको घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: २०८१ पुस २२ गते सोमबार ०६:११
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना