काठमाडौँ- नेपाली च्यासिसमा विद्युतीय मोटरसाइकल गन्तव्य ईभी १०० एस सार्वजनिक गरिएको छ।
सुन्दर अटो इन्जिनियरिङका प्राविधिकले तयार गरेको विद्युतीय मोटरसाइकल बिहीबार एक कार्यक्रम गरी ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सार्वजनिक गरेका हुन्। सुन्दरले यो बाइक आफ्नै डिजाइनमा तयार बनाएको हो। यसअघि सुन्दर अटो इन्जिनियरिङले नेपालमै पहिलो पटक उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो।
गन्तव्य बाइकको बजारमूल्य अहिले २ लाख ५० हजार तोकिएको सुन्दर ग्रुपका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। यो मोटरसाइकल पूर्ण रूपमा चार्ज गर्दा १२० किमी यात्रा गर्न सकिने सुन्दरका इलेक्ट्रीक इन्जिनियर विजय लामाले जानकारी दिए।








