काठमाडौँ – गृह मन्त्रालयले आज काठमाडौँसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ।
काठमाडौँको सिडिओमा ऋषिराम तिवारीलाई ल्याइएको छ। तिवारी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए।
काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
सुनसरीमा धर्मेन्द्र कुमार मिश्र, कैलालीमा गोगन बहादुर हमाल, सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ, मोरङमा इन्द्रदेव यादव, झापामा गोपाल कुमारअधिकारी र सल्यानमा सवित्रा पुनलाई सरुवा गरिएको छ।
सुनसरीमा कार्यरत सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा ल्याइएको छ।
मोरङका सिडिओ प्रेम प्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ।


