काठमाडौँ – एलेक्जेन्डर इसक र एन्थोनी इसकले २ गोल गरेपछि न्यु क्याससले इएफएल कपको सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई २-० गोलअन्तरले पराजित गरेको छ।
इमिरेट्स स्टेडियममा भएको सेमफिाइनलको पहिलो लेगमा न्यूक्यासलले पहिलो गोल पहिलो हाफको ३७ औं मिनेटमा र दोस्रो गोल दोस्रो हाफमा ५१ औं मिनेटमा गर्यो।
अहिलेसम्म यो लिगमा उपाधि जित्न नसकेको न्यु क्यासल अहिले भने उत्कृष्ट फर्ममा छ।
प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनलले खेलको सुरुआतमा प्रबल दाबेदारको रूपमा गरेको थियो तर ऊ गोल गर्न भने चुक्यो।
अब यी दुई टोलीले फेब्रुअरी ६ मा सेमिफाइनलको दोस्रो लेग खेल्नेछ।
इएफएल कपकै दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति लिभरपुल र टोटनहाम भिड्दै छन्।
