काठमाडौँ – लगातार दुई दिन सिमरा विमानस्थलमा सबै उडान रद्द भएका छन्।
त्रिभुवन विमानस्थल कार्यालयले मंगलबार र बुधबार सिमरा विमानस्थलमा राखिएका सबै उडान रद्द भएको जानकारी दिएको हो। तराई मधेशमा केही दिनदेखि बाक्लो हुस्सु लागेका कारण भिजिबिलिटीमा समस्या देखिएकाले उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
सिमराका साथै बुधबार भरतपुरका पनि निर्धारित सबै उडान रद्द गरिएका छन्। मंगलबार सिमरा, जनकपुर र भैरहवाका समेत अधिकांश उडान रद्द भएका थिए।
मौसममा खराबी आइरहे अझै केही दिन तराई मधेशमा विमानस्थलमा उडान रद्द हुने पनि विमानस्थलले जनाएको छ।


