काठमाडौँ – एथ्लेटिक क्लबलाई सहजै हराउँदै बार्सिलोना सुपरकोपा स्पानियाको फाइनलमा प्रवेश गरेको छ।
गएराति किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीमा भएको खेलमा बार्सिलोना २-० ले विजयी भएको हो। बार्सिलोनालाई जिताउन गाभीले १७ औं र लमिन यमलले ५२ औं मिनेटमा गोल गरेका थिए।
बार्सिलोनाले अब उपाधिका लागि मायोर्का र रियल मड्रिडबीचको विजेतासँग खेल्ने छ। यी दुईको खेल आज राति पौने एक बजे हुँदै छ।
फाइनल खेल भने आइतबार राति पौने १२ बजे हुनेछ।


