काठमाडौँ – इएफएल कप (इंग्लिस फुटबल लिग) अन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनलको पहिलो लेगमा टोटनहामले लिभरपुललाई १-० गोलअन्तरले पराजित गरेको छ।
लुकास ब्रेगवलले निर्धारित ९० मिनेट सकिन ४ मिनेटअघि गरेको एक मात्र गोलले टोटनहाम विजयी भयो। टोटनहामको घरेलु मैदानमा लिभरपुलले अधिकांश समय बल नियन्त्रणमा लिए पनि एक गोल पनि गर्न सकेन। लिभरपुल सबै खाले प्रतियोगिताका २४ खेलयता पहिलो पटक पराजित भएको हो।
यी दुईबीचको सेमिफाइनलको दोस्रो लेग फेब्रुअरी ७ मा हुनेछ।
हिजो भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा भने न्युक्यासलले आर्सनललाई २-० गोलअन्तरले हराउँदै फाइनल प्रवेशका लागि बलियो पकड जमाएको थियो।


