धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिकामा गाँजा तस्करीलाई पक्राउ गर्न प्रहरीले हवाई फायर नै गर्नुपरेको छ।
बिहीबार बिहान गाउँपालिका-९ चाँदी बजारबाट प्रहरीले १२० किलो गाँजासहित ६ जनालाई पक्राउ गरेको हो।
चाँदी बजारबाट धरानतर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएका टोलीमाथि आक्रमणको प्रयास गरेपछि हवाई फायरिङ गर्नुपरेको प्रहरीले जनाएको छ।
पाँच वटा मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा संलग्न ६ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले हवाई फायर खोलेको प्रहरीले जनाएको छ।


