काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले सञ्चालन र व्यवस्थापनमा कमजोरी रहेकै कारण नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) घाटामा गएको बताएका छन्।
प्रतिनिधि सभा अन्तरर्गत रहेको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
‘नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको उद्घोष गरे,’ मन्त्री पाण्डेले भने, ‘उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेको बताउँदै त्यसका लागि समितिलगायत सरोकारवाला निकायले ध्यान दिनुपर्ने छ।’
नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने उनको भनाइ थियो।
मन्त्री पाण्डेले पहाडी इकालाका विमानस्थलमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनु पर्नेमा आफूहरू प्रस्ट रहेकाले त्यसैअनुसार काम गरिरहेको बताए।
मन्त्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन्।
‘मेरो कुनै पनि विभागीय कर्मचारीहरु मथि पूर्वाग्रह छैन। कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु,’ उनले भने।


