काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हत्तपत्त निर्धारित समयमा पुग्दैनन्।
अनि सम्बोधन छोटो पनि गर्दैनन्। उनी सहभागी हुने कार्यक्रम प्रायश: ढिलो नै सुरु हुन्छन्।
निर्धारित समयभन्दा निकै ढिलो सुरु हुने कार्यक्रममा बस्नैपर्ने बाध्यता भएकाहरूबाहेक भने कार्यक्रमस्थल पुगेर समयमै निस्कने गर्छन्।
कार्यक्रमका सहभागीलाई कुराउनु ओलीलगायत शीर्ष तहका नेताको विशेषता नै हो।
शुक्रबार नेपाल हस्तकला महासंघको ४४औँ वार्षिक साधारणसभामा ओली सहभागी भएका थिए।
तर कार्यक्रमका लागि निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी ओली पुगेका थिए।
दुई घण्टा कुराएका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बेला अधिकांश कुर्सीहरू खाली थिए। कार्यक्रम यल दरबारमा भएको थियो।
समय व्यवस्थापनमा चुकिरहेका ओली ओलोचना भएपनि सुधार गर्ने पक्षमा भने देखिन्नन्।






साधारणसभामा हस्तकला निर्यातमा योगदान गर्नेहरू विभिन्न संस्थाहरूलाई सम्मान गरिएको थियो।







