२०८३ कार्तिक १२ गते बुधबार

बाढीबाट विस्थापित भन्छन्, लालपुर्जा छ, जग्गा छैन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ५
Karnali river
पृष्ठभूमिमा अछाम जिल्लासँग जोडिदै गरेको निर्माणाधीन मध्यपहाडि लोकमार्गको फेदमा बगिरहेको दैलेखको राकमस्थित कर्णाली नदी।

भजनी – विक्रम विश्वकर्माको  कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बस्थे। त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उनको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो। त्यसपछि विश्वकर्मालगायत दर्जनौँ परिवार तितरवितर भए। जग्गा बगरमा परिणत भयो। अहिले जग्गाको नामनिसान नै छैन।  बाजे मोहनको नाममा रहेको जग्गाको भोगचलन नगरेरै जग्गा नदीमा विलय भयो। करिब दुई दशकपछि विश्वकर्माले जग्गाको खोजी सुरु गरेका छन्।

कर्णाली नदीमा तटबन्ध निर्माणपछि आफ्नो लालपुर्जा भएको जग्गा विक्रमलगायतका अन्य जग्गाधनीले खोज्न थालेका छन्। लालपुर्जा भएको जग्गा नापजाँचका लागि  सम्बन्धित ठाउँमा पुग्दा भने उनीहरुलाई अवरोध भएको छ। ‘नदीले आफ्नो अधिनमा लिएको जग्गा आज फर्किएको छ। एकातिर खुसी छ भने अर्कोतिर निकै तनाव छ’, विश्वकर्माले भने, ‘लालपुर्जा भएको जग्गा नापजाँच गर्न जाँदा अवरोध हुन्छ। धम्की आउँछन्। स्थानीय सरकारले सहयोग गर्दैन। यस्तो बेला निकै पीडा बोध हुन थालेको छ।’

विश्वकमा उदाहरण मात्रै हुन। उनीजस्तै १९  किसानले आफ्नै जग्गा नापी गर्न नपाएको दुखेसो गर्दै आएका छन्। अन्य कयौँ जग्गाधनीलाई नदीबाट जग्गा पुरानै अवस्थामा फर्केको समेत धेरै थाहा छैन। सो ठाउँबाट बाढीका कारण विस्थापित भएर गएकाको कता छन् त्यसको पनि यकिन तथ्याङ्क छैन। अरुणाफाँटामा जग्गा भएका १९ किसानले लालपुर्जा भए पनि जग्गा नापी गर्न नपाएको गुनासो गरिरहेका छन्। जग्गा धनी प्रमाणपत्र लालपुर्जा हातमा हुँदा पनि जग्गा नापी गर्दा अवरोध गरेपछि लालपुर्जा हातमा भएका जग्गा धनीले न्याय नपाएको गुनासो कर्णबहादुर बोगटीको छ।

त्यही बगरमा जग्गा नापी गर्न गएका नापीका कर्मचारीले सुरक्षाका कारण जग्गा नापी गर्दा गर्दैबीचमा छाडेर फर्किएको पाइएको छ। जग्गा नापी गरी पाऊँ भनेर सरकारी दस्तुर तिर्दासमेत प्रशासनले सुरक्षाको प्रत्याभूति नगराउँदा नापीका कर्मचारीले जग्गा नापी गर्न नसक्ने जवाफ दिएको बोगटीले बताएका हुन्। यही जेठ १ गते इलाका प्रशासन कार्यालय टीकापुर प्रमुख, टीकापुरका उपप्रमुख र पीडितको छलफलमा प्रशासन प्रमुख र नगरप्रमुखले अदालत जान सुझाव दिएको बोगटी बताउँछन्।

‘ऐलानी जग्गा नापी नभएसम्म नम्बरी जग्गा पनि नापी गर्न पाइँदैन भनेर स्थानीयले अवरोध गरेका छन्। सहजीकरणका लागि प्रशासनलगायतका निकायलाई हारगुहार गर्दा पनि सहयोग पाएनौँ,’ बोगटीले भने, ‘अहिले हामी सक्दैनौँ अदालत जानुहोस् भनेर भन्नुहुन्छ। जबकी पहिला जग्गाको मालपोत कर तिर अनि जग्गा नापजाँच हुन्छ भनिएको थियो पहिला।’

विसं २०२१ मा सरकारले उक्त जग्गा स्थानीयलाई वितरण गरेको थियो। त्यसपछि बर्सेनि बाढीले कटान गर्दै जाँदा २०४० को बाढीले बढी क्षति ग¥यो। नदीले २०४५ सालमा त्योभन्दा बढी क्षति ग¥यो। विसं २०६५ सालमा पुग्दा भएको सबै जग्गा कर्णाली नदीमा पुगेपछि त्यहाँबाट स्थानीय विस्थापित हुँदै सुरक्षित स्थानमा गएको स्थानीय सुरवीर चौधरी बताउँछन्।

‘विसं २०४० पछि बर्सेनि जग्गा कर्णालीमा विलय हुँदै गयो। बस्ती विस्थापित भए। त्यसपछि भाग्नुप¥यो,’ सुरवीरले भने , ‘अहिले नदीको धार पुनः परिवर्तन भयो। हाम्रो नदीमा विलय भएका जग्गा फर्किएपछि त्यसको नापजाँच गरेर भोगचलन गर्न पाउने अधिकार छ नि।’

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाले टीकापुर क्षेत्रमा र कर्णाली सिँचाइ आयोजनाले बर्दिया क्षेत्रमा तटबन्ध गरेपछि बगर भएको जग्गा फिर्ता आएको हो। ‘जग्गा फिर्ता आयो। त्यो जग्गा धनीका लागि नभई भू–माफियाको लागि रहेछ।’ कृतबहादुर बुढा भन्छन्, ‘अहिले हाम्रो जग्गामा खेती भइरहेको छ। कुनै जग्गा ऐलानी भनेर बिक्री भएको सुनिन्छ भने कतै तिनै भू–माफियाले ठेक्कामा दिएका छन्।’

कैयौँ जग्गा त्यहाँ बिक्री वितरणसमेत भएको छ। लालपुर्जा भएको जग्गालाई ऐलानी भनेर त्यहाँका केही व्यक्तिले किनबेच गर्ने गरेको पाइएको छ। अधिकांश  जग्गा भारतीय नागरिकले ठेक्कामा लिएका छन्। त्यसमा उखुलगायत खेती गरिँदै आएको छ। जग्गाधनी भने जग्गा अरुले नै ठेक्कामा दिएर त्यसको आम्दानी खान थालेपछि जग्गा अरुकै अधिनमा रहने हो कि भन्ने त्रासमा छन्।

–झलनाथ खनाल/रासस

प्रकाशित: २०८० जेठ ५ गते शुक्रबार १२:३९
प्रतिक्रिया

थप समाचार

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

बालेनको घर पुगेर प्रचण्डले भने- रमाइलो छ, सबै मिलेर देश बनाउनु छ

काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभुति भएको बताएका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समते...

आबुखैरहनीमा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा...

निर्दोष बालबालिका पनि कारागारमा

गलकोट (बागलुङ)- जिल्ला कारागारमा निर्दोष बालबालिकालाई पनि जेलमा राख्ने गरिएको छ। बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका कारगारमा बस्न बाध्य भएका हुन्। चार वर्षीय बालक कारागारमा बसेको १०...

मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ-  आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना