काठमाडौँ – एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
हिजो राति सम्पन्न खेलमा एट्लेटिकोले ओसासुनामाथि १-० को कठिन जित निकाल्दै अंक तालिकामा रियल मड्रिडलाई दोस्रो स्थानमा राख्न सफल भएको हो।
घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले एक मात्र निर्णायक गोल (५५ औं मिनेटमा) गरे।
जितपछि एट्लेटिकोको १९ खेलबाट ४४ अंक भएको छ। लिगका आधा खेल सकिँदा एट्लेटिकोले १३ मा जित र पाँच खेलमा बराबरी नतिजा निकालेको छ भने एक खेलमा हार बेहोरेको छ। समान खेलबाट दोस्रो स्थानको रियल मड्रिडको ४३ र बार्सिलोनाको ३८ अंक छ।
गएराति एफ ए कप उचालेको बार्सिलोनाले भने ला लिगामा तेस्रो स्थानमा छ।


