काठमाडौँ – प्रिमियर लिगअन्तर्गत हिजो राति र आज बिहान भएका चार वटा खेलमध्ये एकमा मात्र हारजित भएको छ। बाँकी तीन वटा भने बरारबीमा टुंगिएका छन्।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टले १-१ को बराबरीमा रोकेको हो भने चेल्सीले पनि घरेलुम मैदानमा बर्नमाउथसँग २-२ कै बराबरीमा खेल टुंग्याएको हो।
त्यस्तै अर्को खेलमा म्यानचेस्टर सिटी पनि ब्रेनफोर्ड २-२ कै रोकियो। २ गोलको अग्रता जोगाउन नसकेको सिटीले ८२ औं र ९२ औं मिनेटमा गोल खाएपछि खेल बराबरीमा टुंगिएको हो।
गएराति वेस्टहामले मात्र जित दर्ता गरेको हो। घरेलु मैदानमा वेस्टहामले फुलहाममाथि ३-२ संघर्षपूर्ण जित निकालेको हो।
तीन वटा खेल बराबरीपछि लिगको अंकतालिकाअनुसार लिभरपुल शीर्ष स्थानमै छ भने नटिङ्घम दोस्रो तथा चेल्सी चौथो स्थानमा यथावत् छ।


