सोल- दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। कोरियाली अधिकारीहरूलाई उद्धृत गर्दै योल पक्राउ परेको समाचार बीबीसीले प्रकाशन गरेको छ।
योलले देशमा सैनिक कानुन लागू गर्ने निर्णय गरेपछि संसदले त्यसको विरोधमा उनीमाथि महाभियोग प्रस्ताव पारित गरेपछि पक्राउ परेका हुन्।
दक्षिण कोरियामा राष्ट्रपतिको तलव ३ प्रतिशतले वृद्धि गरिएको दुई दिनलगत्तै योल पक्राउ परेका हुन्। सन् २०२५ मा त्यहाँका राष्ट्रपतिले २६ करोड २६ लाख कोरियाली वन (२ करोड ४७ लाख नेपाली रुपैयाँ) पुर्याइएको छ। यसअघिसम्म दक्षिण कोरियाली राष्ट्रपतिले २५ करोड ४९ लाख कोरियाली वन तलव पाउने गरेका थिए। सबै सरकारी अधिकारी र कर्मचारीको तलव बढाउँदा राष्ट्रपतिको पनि तलव बढेको हो।
राष्ट्रपतिबाट निलम्बनमा परेपनि योनले तलव भने पाइराख्न सक्ने त्यहाँको व्यवस्था छ। योनले अहिले प्रतिमहिना २ करोड १८ लाख कोरियाली वन तलव पाउँछन्।
कोरिया हेराल्डका अनुसार राष्ट्रपतिबाट बिदा भएको व्यक्तिले पनि राष्ट्रपति हुँदाका बखतको तलवको ९५ प्रतिशत पाउने व्यवस्था छ।
सन् २०२४ डिसेम्बर १४ मा दक्षिण कोरियाली राष्ट्रपति योन निलम्बनमा परेका थिए।


