कपिलवस्तु – कपिलवस्तुमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा २ युवकको मृत्यु भएको छ।
उक्त दुर्घटनामा घटनामा एक जना घाइते छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारू र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन्।
उनीहरूको उपचार क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। दुर्घटनामा घाइते २६ वर्षीय अजय थारूको भने स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।


