काठमाडौँ – भारतमा जारी खो खो विश्वकप २०८१ अन्तर्गत महिलातर्फ नेपाल समूहविजेता बन्दै क्वार्टरफाइनल प्रवेशगरेको छ।
शतप्रतिशत जित निकाल्ने क्रममा आज नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई ८४-२४ अन्तरले हराएको हो।
खेलमा नेपालकी मानमती धामी उत्कृष्ट अट्याकर घोषित भइन् भने दीपा विक उत्कृष्ट खेलाडी घोषित भइन्।
नेपालले यसअघि भुटानलाई ९३-२४ ले पराजित गरेको थियो भने दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले पराजित गरेको थियो।
त्यसैगरी श्रीलंकालाई ११०-१० ले पराजित गरेको थियो।


