काठमाडौँ – अमोद डियालोले ह्याट्रिक गरेको खेलमा म्यानचेस्टर युनाइटेडले साउथ ह्याम्पटनलाई सहजै हराएको छ।
गएराति प्रिमियर लिगअन्तर्गत घरेलु मैदानमा युनाइटेडले सातौँ जित निकाल्ने क्रममा डियालोले ८२, ९० र ९४ औं मिनेटमा तीन गोल गर्न सफल भए।
म्यानुअल उकार्टेले आत्मघाती गोल गरेपछि पहिलो हाफमा १-० ले पछि परेको युनाइटेडले खेलको अन्तिमतिर लगातार गोल गर्न सफल भयो।
जितसँगै युनाइटेडले २६ अंक बनाएर १२ औं स्थानमा उक्लिएको छ।
अर्को खेलमा भने ब्राइटले इस्पिच सिटीलाई २-० गोलअन्तरले हराएको छ।


