एजेन्सी – पाकिस्तानको एक अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा सजाय सुनाएको छ।
समाचार अनुसार इमरानलाई १४ वर्ष र बुशरालाई ७ वर्षको जेल सजाय सुनाइएको छ। दुवैमाथि राष्ट्रिय कोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ नोक्सान गरेको आरोप लागेको थियो।
दुवैले पाकिस्तान सरकारको अर्बौं रुपैयाँको जग्गा बुशरा बीबीको अल कादिर ट्रस्टलाई सस्तोमा बेचेका थिए। यस मामिलामा इमरानलाई ९ मे २०२३ मा पक्राउ गरिएको थियो। यसपछि देशका धेरै महत्वपूर्ण सैन्य अड्डाहरूमा आक्रमण भएको थियो।
पाकिस्तानको राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले ७२ वर्षीय इमरान खान, ५० वर्षीय बुशरा बीबी र अन्य ६ जनालाई डिसेम्बर २०२३ मा अल कादिर ट्रस्ट मुद्दामा मुद्दा दायर गरेको थियो। तर, इमरानविरुद्ध यो मुद्दा दर्ता हुनुअघि उनी तोशाखाना मुद्दामा अगस्ट २०२३ देखि अडियाला जेलमा थुनिएका थिए।
उनलाई कारागारमा सजाय सुनाउनका लागि आज अस्थायी अदालत गठन गरिएको छ ।


