काठमाडौँ – साइबर अपराधमा निकोलस भुसालविरुद्ध मुद्दा दर्ता भएको छ।
रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक भुसालविरुद्ध शुक्रबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको हो।
साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए। शुक्रबार नै जिल्ला अदालत कास्कीमा बयान गराइएको छ भने थुनछेक बहस पनि गरिएको छ।
प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो।
विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पुर्याउने, गोपनियता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामासमेत प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि छ।
भुसालले लामिछानेको गोप्य फोटो अनधिकृत रुपमा खिचेर सामग्रीसहित सार्वजनिक गरेको सरकारी वकिलको कार्यालयको भनाइ छ।
‘यी प्रतिवादीले आफूले चलाउने गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्याउने तथा गोपनियता भंग हुने सामाग्री प्रकाशन गरी शान्ति सुरक्षामा समेत प्रभाव पार्ने कार्य गरी विद्युतीय ९ईलेक्ट्रोनिक० ऐन अन्तर्गतको कसूर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी डा। निकोलश भुसाल भनिने कमल भुसालले उक्त कार्य गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसुर गरेको पुष्टि हुन आयो,’ अभियोग पत्रमा उल्लेख छ।
भुसाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरिएको छ।


