२०८३ कार्तिक १७ गते सोमबार

विद्यालयको कौसीमा तरकारी खेती : दिवाखाजको छैन समस्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ५
tarakari-baglung

गलकोट (बागलुङ) – बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन्। उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ।

विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन्। यी तरकारी उनीहरूले आफैँ पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन्।

तीन वर्ष पहिले प्रत्येक विद्यार्थीले रु ५० सङ्कलन गरेर ५० वटा गमला किनेका थिए। गमलामा मौसमअनुसारको तरकारी रोप्थे। फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे। विद्यालयले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमअनुसार अध्यापनका लागि ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णाङ्कको प्रयोगात्मक सिकाइका लागि तरकारीखेतीमा प्रोत्साहन गरेको थियो।

तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो।

सिवाइसीले जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन’ (थ्री जेरो) नामक क्लब गठन गरी विद्यार्थीलाई व्यावसायिकतामा जोड्दै आएको छ।

तीन वर्ष पहिलेदेखि प्रयोगात्मक कक्षाका लागि गमलामा तरकारीखेती गर्दै आएका विद्यार्थीलाई गत साउनमा सिवाइसीले बीउबिजनसहित कृषि सामग्री उपलब्ध गराएको थियो। मल, तरकारीको बीउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले उपलब्ध गराएको थियो।

त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाइरहेका छन्। आफैले उत्पादन गरेको तरकारी दिवा खाजामा समेत उनीहरूले प्रयोग गर्दै आएका छन्। विद्यार्थीले विद्यालयमा मात्र होइन घरघरमा तरकारीखेती गर्न सुरु गरेका छन्।

कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरू उत्साहित भएर विद्यालय आउछन्। उनी दिनभरि नर्सरी र तरकारी खेतीमा रमाउछन्।

विद्यालयको थ्री जिरो क्लबका संरक्षक तथा शिक्षक भूपेन्द्रबहादुर खड्काले भने, ‘क्लबले यटपटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका विरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गरेको छ।’

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका विरुवा वितरण गरिएको उनको भनाइ छ। विद्यार्थीले विद्यालयमा मात्रै नभइ घरमा समेत आफै तरकारीखेती गरिरहेको क्लबका अध्यक्ष सनिसा क्षत्रीले बताइन्।

‘विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँ पनि व्यवहारिक शिक्षाको कुरा हुन्छ’, शिक्षक खड्काले भनिन् ‘देश सुहाउँदो, हाम्रो भूगोल सुहाउँदो व्यावसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेर मै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो।’

यस अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ ले पनि सहयोग गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए। विद्यालयका प्रधानध्यापक कुमार उपाध्यायका अनुसार तरकारी उत्पादन र बिक्रीका लागि दुई वटा थ्रि जिरो क्लब छन्। एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ।

विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप र विभिन्न विशेष कार्यक्रममा विद्यार्थीले आफूले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बिक्री गर्छन्। बिक्रीबाट भएको आम्दानी तरकारीको बीउ, मल खरिदमा खर्चने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाले बताए।

प्रकाशित: २०८१ माघ ५ गते शनिवार ०४:२७
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना