भारतमा जारी खो खो विश्वकपमा नेपाली महिला टोलीले इतिहास रच्दै फाइनलमा पुगेको छ।
नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको हो।
नयाँ दिल्ली स्थित इन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९-१८ ले हरायो।
नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ।


