काठमाडौँ – म्यानचेस्टर सिटीले गएराति इपस्विच टाउनको पोस्टमा गोल वर्षा गरेको छ।
प्रिमियर लिगअन्तर्गत आफ्नो २२ औं खेलमा सिटी इपस्विचको मैदानमा ६-० गोलअन्तरले विजयी भएको हो। सिटीको जितमा पाँच जनाले गोल गरेका हुन्। फिल फोडेनले २७ औं र ४२ औं मिनेटमा गोल गरे भने कोभासिसले ३०, डोकुले ४९, हाल्याण्डले ५७ र जेम्स म्याकेटीले ६९ औं मिनेटमा गोल गरे।
जितसँगै सिटी चौथो स्थानमा पनि उक्लिएको छ। सिटीले ३८ अंक बनाएको छ।
त्यस्तै हिजै भएको अर्को खेलमा टोटनहाम भने एभर्टनसँग ३-२ गोलअन्तरले पराजित भएको छ।


