काठमाडौँ – आइसीसी यु-१९ महिला विश्वकपमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।
पहिलो खेलमा बंगलादेशविरुद्ध हार बेहोरेको नेपालले आज टिममा दुई खेलाडी परिवर्तन गरेको छ। सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरुङलाई टिममा राखिएको छ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।


