काठमाडौँ – खोखो विश्वकपमा सहभागिता जनाएर नेपाली महिला तथा पुरुष दुवै टोली स्वदेश फर्किएको छ।
नेपालका दुवै टोलीले यस प्रतियोगितामा ऐतिहासिक फाइनलसम्मको यात्रा तय गरेका थिए। दुवै टोली उपविजेता हुन सफल भए।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४-३६ अंकले पराजित भएको थियो भने महिला टोली पनि भारतसँगै ७८-४० अंकले पराजित भएको थियो।









