अबुजा- नाइजेरियामा पेट्रोल ट्याङ्कर विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ।
गम्भीर घाइते १२ जनाको अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या बढेको हो।
नाइजेरियाली आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख अब्दुल्लाही बाबा-आराका अनुसार शनिबार उत्तर–मध्य नाइजर राज्यको व्यस्त सडकमा पेट्रोल ट्याङ्कर पल्टिएको थियो।
मानिसहरू इन्धन निकाल्न खोजिरहेका बेला विस्फोट भएको थियो। पावर जेनेरेटर खुल्दा विष्फोट हुन पुगेको बताइएको छ। घटनामा परी ५५ जना घाइते छन्।
राष्ट्रपति बोला टिनुबुले घाइतेहरूलाई व्यापक स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।


