काठमाडौँ – इन्जुरी समयको छैटौं मिनेटमा राफिन्हाले निर्णायक गोल गरेपछि बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकालाई उसकै मैदानमा ५-४ गोलअन्तरले हराएको छ।
भानगिलिस पाभ्लिडिसले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दै बेन्फिकालाई ३-१ को अग्रता दिलाएका थिए। पाभ्लिडिसले ३० मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो मिनेटमै पहिलो गोल गरेका थिए।
बार्सिलोनाका लागि रोबर्टो लेवान्डोस्की र राफिन्हा समान २ तथा इरिक गार्सियाले १ गोल गरे।
बार्सिलोनाका लेवान्डोस्कीले १३ औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरे। २२ औं मिनेटमा दोस्रो र ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाभ्लिडिसले ह्याट्रिक पूरा गरेपछि बेन्फिकाले पहिलो हाफमा नै ३-१ को अग्रता बनायो।
६४ औं मिनेटमा राफिन्हाले गोल गरे। ६८ औं मिनेटमा बार्सिलोनाको आत्मघाती गोलमा बेन्फिकाले अग्रता बढायो। ७८ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीलाई अर्को गोल गरे।
गार्सियाले ८४ औं मिनेटमा बराबरी गोल गर्दैै बार्सिलोनालाई खेलमा फर्काए। इन्ज्युरी समयमा राफिन्हाको गोलमा बार्सिलोनाले सनसनीपूर्ण जित हासिल गर्यो।
जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पनि पुगेको छ।


