६५ मिनेटभन्दा बढी १० खेलाडीमा सीमित स्पेटी क्लब एट्लेटिको मड्रिडले गएराति च्याम्पियन्स लिगमा पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ।
२-१ गोलअन्तरले लिभुरकुसनलाई हराउने क्रममा एट्लेटिकोका लागि दुवै गोल अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले गरे।
पहिलो हाफको अतिरिक्त समयमा गोल खाएर १-० ले पछि परेको एट्लेटिकोका लागि अल्भारेजले ५२ र ९० औं मिनेटमा गोल गरे। त्यसअघि २५ औं मिन्टमा पाब्लो बेरियसले रातो कार्ड खाँदै मैदान बाहिरिँदा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो।
गोलकिपरबाट थ्रो भएको बल क्लियर गर्ने क्रममा नोर्डी मुकिलिलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सीधै रातो कार्ड दिएका थिए।
यद्यपि ७६ औं मिनेटमा लेभरकुशनका पियरो हिन्कापाइले पनि रातो कार्ड खाएपछि दुवै टोलीसँग १०/१० खेलाडीमा मात्र उपलब्ध थिए।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा लेभरकुशनका केही प्रहार एट्लेटिकोका गोलकिपरले विफल पारिदिएका थिए।


