काठमाडौँ- काठमाडौँको असनचोकमा ‘होम एप्लायन्स’ गोदाममा आगलागी भएको छ।
बिहीबार अपराह्न साढे ३ बजेतिर असनचोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा रहेको गोदाममा आगलागी भएको हो।
आगलागीको खबर आएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता पूर्णिमा चन्दले बताइन्।
आगो नियन्त्रणमा आउने क्रममा रहेको उनले बताइन्।











