काठमाडौँ- एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति सरकारले लिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा वाचन गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यो विषय समावेश छ।
गत चैतसम्मको तथ्यांकअनुसार हालसम्म एक करोड १० लाखले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्। हालसम्म एक लाख २५ हजारले मात्रै राष्ट्रिय परिचयपत्र पाएका छन्।
एक वर्षभित्रै सबै नेपालीका हालतमा राष्ट्रिय परिचय पत्र पुर्याउन चुनौतीपूर्ण छ।


