काठमाडौँ– अखिल क्रान्तिकारीको २३ औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान भइरहेको छ।
निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन्।
संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो।
मतदान साँझ ६ बजेसम्म हुने निर्वाचन समितिका प्रमुख मुक्ति प्रधानले जानकारी दिए।
उपत्यकासहित सातै प्रदेशमा मतदान जारी छ।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशको मतदान केन्द्र धरान, मधेशको जनकपुर, बागमतीको भक्तपुर, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत,सुदूरपश्चिमको धनगढी, उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको वाल्मीकि क्याम्पस रहेका छन्।













