काठमाडौँ – दक्षिण अमेरिका युथ (२० वर्षमुनि) फुटबल च्याम्पियनसिपमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध आधा दर्जन गोल गरेको छ।
हिजोदेखि सुरु भएको प्रतियोगितामा दुवै देशले पहिलो खेल खेलेका हुन्। अर्जेन्टिनाको जितमा पाँच जनाले गोल गरे। एक गोल अर्जेन्टिनाले आत्मघातीमार्फत उपहार पाएको हो।
च्याम्पियनसिपको पाँचौँ खेल खल्ने क्रममा अर्जेन्टिनाले छैटौँ मिनेटमा गोलको खाता खोलेको थियो भने अन्तिम गोल ७८ औं मिनेटमा गरेको थियो।
यो हार प्रतियोगिताको ७१ वर्षको इतिहासमा ब्राजिलको सबैभन्दा ठूलो हार हो। यसअघि ब्राजिलले यस प्रतियोगितामा कहिल्यै ३ गोलभन्दा बढी गोल खाएको थिएन।
यति ठूलो अन्तरको हारजित सन् २०१३ मा कोलम्बिया र बोलिभिया विरुद्धको खेलमा भएको थियो। जहाँ कोलम्बियाले ६-० ले खेल जितेको थियो।


