एजेन्सी – श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगाले टी-२० क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन्।
उनले २०८ टी-२० क्रिकेटमा सबैभन्दा छिटो ३०० विकेट लिने कीर्तिमान बनाएका हुन्। हसरंगाले आइटी टी-२० लिगमा यो विशेष उपलब्धि रचेका हुन्।
जारी आइटी टी-२० लिगमा शारजाह वारियर्स र डेजर्ट भाइपर्सबीचको खेलमा हसरंगाले भाइपर्सका लागि खेल्दै तीन विकेट लिए। यी तीन विकेटको मद्दतमा हसरंगाले इतिहास रचेका हुन्। साथै एन्ड्रयु टाईको कीर्तिमान पनि तोडेका हुन्।
यसअघि टी-२० मा सबैभन्दा छिटो ३ सय विकेट पूरा गर्ने कीर्तिमान एन्ड्रयु टाईको नाममा थियो।
एन्ड्रयु टाईले २११ खेलमा यो उपलब्धि हासिल गरेका थिए। योसँगै अफगानिस्तानका स्टार स्पिनर राशिद खानले २१३ खेलमा टी-२० खेलमा ३०० विकेट पूरा गरेका छन्। यो सूचीमा श्रीलंकाका महान फास्ट बलर मालिंगाको नाम पनि छ। मालिंगाको नाममा २२२ खेलमा ३०० विकेट लिने कीर्तिमान थियो।
मुस्ताफिजुर रहमानले २४७ र इमरान ताहिरले २४७ खेलमा ३०० विकेट लिएका छन्।
वानिन्दु हसरंगाले श्रीलंकाका लागि हालसम्म ७९ टी-२० अन्तर्राष्ट्रिय खेलमा कुल १३१ विकेट लिन सफल भएका छन्। योसँगै टी-२० मा हसरंगाको नाममा २०९ खेलमा ३ सय १ विकेट छ।
अन्तर्राष्ट्रिय टी–२० लिगको १८औँ खेलमा डेजर्ट भाइपर्सको टोली ८ विकेटले विजयी भएको छ।


