कैलाली – छाउगोठमा रहेकी महिलालाई बाघले आक्रमण गर्दा कैलालीमा एक महिला घाइते भएकी छन्।
कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा घर नजिकै छाउगोठमा सुतिरहेकी ४५ वर्षीया सरस्वती विकलाई गएराति साढे १० बजेतिर बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणबाट उनको टाउको र अनुहारमा चोट लागेको गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्ययले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।
विकलाई बाघले आक्रमण गरेको र स्थानीयले होहल्ला गरेपछि बाघ भागेको थियो।
गाउँपालिका अध्यक्ष उपाध्ययका अनुसार उनलाई अहिले उपचारका लागि लम्किस्थित लालरत्न अस्पताल लगिएको छ।


