काठमाडौँ – ब्राजिलियन स्टार खेलाडी नेयमारले साउदीको क्लब अल हिलालसँगको सम्झौता रद्द गरेका छन्।
३२ वर्षीय नेयमार र क्लबले आपसी समझदारीमा सम्झौता रद्द गरेका समाचारमा जनाइएको छ।
सन् २०२३ को अगष्टमा ९० मिलियन युरोमा अल हिलाल पुगेका नेयमारले ज्यादाजसो समय चोटका कारण खेल्न सकेनन्। चोटकै कारण क्लबका लागि मात्र ३ पटक उनले खेले।
साउदी छाडेका नेयमार अब बाल्यकालको क्लब सान्तोष फर्कने तयारी गरिरहेका छन्। उनी हिलालअघि फ्रान्सको पिएसजीमा अनुबन्ध भएका थिए। त्यसअघि बार्सिलोनामा रहँदा उनको करिअर उच्च लयमा थियो।
सन् २०१३ देखि २०१७ सम्म स्पेनको क्लब बार्सिलोनामा रहँदा उनले १२३ खेलमा ६८ गोल गरेका थिए।
राष्ट्रिय टिमबाट भने उनले १२८ खेलबाट ७९ गोल गरेका छन्। उनले ब्राजिललाई एक पटक कोपा अमेरिकाको उपाधि जिताएका थिए।


